News Category 2071/05/04

पत्नी हत्याको आरोपमा पति थुनामा, ससुरा रिहा

दैनिक समाचारदाता

दैनिक सम्वाददाता
राजविराज, ३ भदौं ।
पत्नीको हत्याको आरोपमा पतिलाई जिल्ला अदालत सप्तरीले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियाकी १९ वर्षीया पुनीताकुमारी मण्डलको हत्याका आरोपित पति २५ वर्षीय अर्जुन मण्डललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले आरोपितलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा राख्ने आदेश र ससुरा ४७ वर्षीय कपलेश्वर मण्डललाई साधारण तारेखमा रिहा गरेको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
पीडितका बुवा सारस्वर गाविस ८ नथुनी मण्डलले दाइजोकै कारण पीडितको हातखुट्टा बाँधी घाँटी निमोठी हत्या गर्ने आरोपितहरु माथि कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा साउन २ गते किटानी उजुरी दिनु भएको थियो । 
घरको छतबाट लडेर मृत्यु भएकी भनिएकी पीडितको घाँटीमा डोरीको डाम भएको अवस्थामा साउन १ गते लाश फेला परेको थियो ।
प्रहरीले अर्जुनलाई साउन २ गते र ससुरा कपलेश्वरलाई साउन ४ गते पक्राउ गरेको थियो । आरोपितहरुले साउन १ गते राति प्रहरीलाई घरको छतबाट लडेर दुर्घटना भई पीडितको मृत्यु भएको बताएकोमा पक्राउपछि पासोमा झुण्डिइ आत्महत्या गरेको बताउँदै आएका छन् ।
सामाजिक परम्पराअनुसार २०७० वैशाख २३ गते विवाहित मृतक ३ महिनाकी गर्भवती थिइन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट