News Category 2071/05/04

बोक्सीको आरोपमा दलित महिला कुटिए

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३ भदौं । 
सप्तरीको मलेकपुर गाविसमा एक दलित महिलालाई बोक्सीको आरोपमा आफन्तजनहरूले नै कुटपिट गरेका छन् । 
मलेकपुर गाविस ४ निवासी २३ वर्षीया रामकुमारी मरिक (डुम)लाई जेठाजु कमल मरिक (डुम), उहाँका छोरा विनोद र दिलीपलगायतले बोक्सी भन्दै निर्घात कुटपिट गरेका हुन् । 
कुटपिटबाट गम्भीर घाइते भएकी रामकुमारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
जेठाजुको छोरी एक वर्षदेखि बिरामी हुने गरी टुनामुना गरेको आरोप आफूमाथि जेठाजुले लगाउने गरेको गुनासो रामकुमारीको रहेको छ ।
आफ्ना श्रीमान् रुदल मरिक कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न गएको मौका छोपी सोमबार साँझ जेठाजुसहित उहाँका छोराहरूले आफूलाई निर्घात कुटपिट गरेको अस्पतालमा उपचार गराइरहेकी रामकुमारीले जानकारी दिनुभयो । सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट