News Category 2071/05/08

धोक्रा नदीमा बा“ध बा“धिएपछि स्थानीय किसानहरु खुशी

दैनिक समाचारदाता

राजविराज÷खडेरीका कारण सप्तरीको पश्चिम भेगका किसानहरु चिन्तित बनेको बेला रामनगर गाविस १ स्थित धोक्रा नदीमा बाँध बाँधिएपछि स्थानीय किसानहरु खुशी भएका छन ।
रामनगर गाविस १ मा गाविसको ४८ हजार अनुदान तथा स्थानीयबासीहरुको श्रमदान गरि कुल १ लाख रकमबाट नदीको बाँध बाँधिएको हो । 
नदीमा बाँध बाँधिएपछि रामनगर गाविस वडा न. १, २, ३, ५, ६ र ७ का करिब २ सय विगहा जग्गामा सिंचाई हुने स्थानीय किसानहरुको भनाई छ । 
यसअघि खडेरीका कारण त्यस भेगका किसानहरुले सिचाई तथा पानीको अभावमा खेतमा मेहनत साथ लगाएको धानबाली समेत डढ्न गालेको बेला उक्त नदीको बाँध बाँधिएपछि अहिले आफुहरुको खेतमा सामान्य तरिकाबाट सिंचाई भइरहेको स्थानीय किसान संजय यादवको कथन छ । 
उहाँले उक्त बाँध बाँधिएपछि त्यस भेगका विभिन्न गाविसका किसानहरुको धान खेतमा समेत पानी पुग्ने सम्भावना रहेको बताउनुभयो । 
स्थानीय किसानहरुको पहलमा गाविसले ४८ हजार तथा जनश्रमदानबाट १ लाख गरी करिब १ लाख ५० हजारमा सो नदीको बाँध बाँधिएर त्यस भेगका किसानहरुले डढ्न लागेको धान खेतमा सजिलै तरिकाबाट सिंचाई गर्न सकिने विश्वास स्थानीय किसानहरुको रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट