News Category 2071/05/10

एमाओवादीको सप्तरी समानान्तर कमिटी गठन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ भदौं । 
एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई विचार समूहका नेता तथा कार्यकर्ताहरुले आइतबार राती सप्तरीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । 
सप्तरी क्षेत्र नं. ५ का एमाओवादी उम्मेदबार समेत रहेकी सरस्वती चौधरीको अध्यक्षतामा राजविराज ९ स्थित एक घरमा सम्पन्न भेलाले ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो ।
नवगठित कमिटीमा चन्देश्वर मण्डल किसान, पार्वती चौधरी, उमेश कुमार मण्डल, घुर्मि सिंह दनुवार, विशेश्वर चौधरी, प्रमोद मण्डल, दीपकुमार चौधरीलगायत रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । 
भट्टराईले अघि सारेको नयाँ शक्तिको अवधारणालाई गाउँ तहसम्म पु¥याउनका लागि तथा विराटनगर सम्मेलनमा उठेका वैचारिक कुरा छलफलमा लैजाने भन्दै समानान्तर कमिटी गठन गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट