News Category 2071/05/10

फालिएको एक दिने बालिका कार्की दम्पतिलाई जिम्मा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ भदौं । 
सप्तरीको भारदह गाविस ५ स्थित कोशी ब्यारेज नहरमा भर्खरै जन्मिएकी एक दिनको बालिका शिशु वेवारिसे अवस्थामा आइतबार प्रहरीलाई फेला परेको छ ।
बालिका शिशुलाई मोटरसाइकलमा आएका दुईजनाले भारदह गाविस ५ स्थित कोशी ब्यारेज नहरको झाडीमा फालेर गएपछि त्यहाका गाइगोठालाहरुले प्रहरीमा खबर गरेका थिए ।
वेवारिसे अवस्थामा फेला परेको शिशुलाई कञ्चनरुप नगरपालिका ११ ठेलियास्थित धर्मेश्वर अस्पतालमा स्वास्थ्य जाँच र उपचार गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनरुप नगरपालिकाका प्रहरी निरीक्षक दिपक कुमार कार्कीले जानकारी दिनुभयो ।
कञ्चनरुप ८ का बुद्घिबहादुर कार्की र निजकी पत्नी हिरा कार्कीले छोरी सरह पालनपोषण गर्ने भनेपछि शिशुलाई महिला तथा बालबालिका कार्यालय सप्तरीका सुपरभाइजर भावना घिमिरे, सृजनात्मक महिला सहकारी संस्थाका सविता न्यौपाने र मिरा भट्टराई, प्र.नि. कार्की र अस्पतालका चिकित्सक डा. दिलिप कर्णको रोहबरमा जिम्मा लगाइएको छ ।
कार्की दम्पतिका दुई छोरा मात्र रहेको र छोरी सरह पाल्ने प्रतिबद्धता गरेकाले पछि कानुनी प्रकृया पु¥याउने भन्दै नवजात शिशु जिम्मा लगाएको महिला तथा बालबालिका कार्यालयकी सुपरभाइजर घिमिरेले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट