News Category 2071/05/11

गर्भपतन गराउने परिचारिका थापासहित तीन जनालाई तीन वर्ष कैद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० भदौ । 
सप्तरी जिल्ला अदालतले १४ वर्षीया एक बालिकाको गर्भपतन गराएको आरोपमा मंगलबार तीनजनालाई ३÷३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको एकल इजलाशले राजविराज ७ की ६५ वर्षीया परिचारिका सरोज थापा, सुनसरी भोक्राहा गाविस ६ का ५५ वर्षीय डम्बर यादव र बालिकाकी आमा ४८ वर्षीया बेलीदेवी सुतिहारलाई कैद सजयको फैसला सुनाएको हो ।
यादवको करणीबाट गर्भलाई अवैध तरिकाले पतन गराउने कार्यमा संलग्न रहेको प्रमाणित हुन आएको भन्दै तीनै जनालाई तीन वर्ष कैदको सजाय सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिदै अदालतले बालिकाको हकमा १० दिनको कैद सजाय हुने ठहर गरेको बताउनुभयो ।
२०६७ चैतमा बालिकालाई आरोपित यादवले ललाइफकाई पटकपटक बलात्कार गरेपछि रहन गएको पाँच महिनाको गर्भलाई २०६८ साउन ३० गते राजविराज ३ स्थित दीपिका लामा फार्मेसीमा गर्भपतन गराइएका थिए । 
आरोपितहरुमध्ये यादव २०६८ फागुन ४ गते, बालिका २०६८ माघ २५ गते र बालिकाकी आमा सुतिहार माघ २६ गते सप्तरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । पक्राउ पुर्जी जारी भएकी आरोपित परिचारिका थापा फेला नपरेको भन्दै प्रहरीले हालसम्म तामेली पत्रसमेत बुझाएको छैन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट