News Category 2071/05/15

गैससको आन्दोलनका कार्यक्रम सार्वजनिक

दैनिक समाचारदाता

राजविराज÷गैर सहकारी संस्था महासंघ सप्तरीले गैससलाई भ्याटमा दर्ता गर्ने निर्णयको बिरोध गर्दै थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । 
गैससका जिल्ला अध्यक्ष श्यामकान्त चौधरीद्वारा शनिबार जारि विज्ञप्तिमा भ्याटमा दर्ता गर्ने निर्णयले गैसस र नाफामुखी कम्पनीबीच भेद नछुट्टयाई दुबैलाई एकै खाले व्यबहार गरिएकोमा आपत्ति व्यक्त गर्दै भदौं १५ गतेदेखी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको जनाइएकोछ । 
सार्वजनिक गरिएको कार्यक्रम अनुसार भदौं १५ गतेदेखी १८ सम्म सम्पूर्ण गैससकर्मीहरुले कालोपट्टी बाँधी बिरोध गर्ने, भदौं १८ गते राजविराजमा ¥याली प्रदर्शन र कोणसभा, आ–आफ्नो कार्यक्षेत्रमा धर्ना, जुलुस, कालो झण्डा प्रदर्शन, पत्रकार सम्मेलन, संयुक्त प्रेस विज्ञप्ति आदि निकाल्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।  
त्यसैगरि विज्ञप्तिमा आवश्यक दबाब सृजना, लविंग र एडभोकेसीलाई स्थानियस्तरमा निरन्तरता दिइने जनाइएको छ । 
सामाजिक परिचालन कार्यविधिले निजि कम्पनिहरुलाई प्रोत्साहन गर्ने र सामाजिक संस्थाहरुलाई निरुत्साहित गर्ने काम गरिएको विज्ञप्तिमा जनाइएको छ । 
साथै विज्ञप्तिमा स्थानिय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत सामाजिक परिचालन कार्यक्रमको लागि सूचना मार्फत आह्वान गरिएको सम्पूर्ण प्रक्रिया यथासिघ्र रोक्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट