News Category 2071/05/15

बोक्सीको घटना जिल्ला प्रहरी कार्यालयमा मिलापत्र

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको मलेकपुर गाविस ४ की २५ वर्षीया रामकुमारी मरिकलाई कथित बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने आरोपितहरुबाट  ५ हजार १ सय क्षतिपूति दिलाएर जिल्ला प्रहरी कार्यालयमा सहमति गरिएको छ ।
प्रहरी, प्रशासन, एकद्धार संकट व्यवस्थापन केन्द्र सबैतिर हारगुहार गर्दा पनि १२ दिनसम्म प्रहरीले कारबाही प्रकृया अगाडि नबढाएपछि आरोपितहरुबाट क्षतिपूति उपलब्ध गराएर सो घटना मिलापत्रमा टुङग्याइएको हो । 
प्रहरीले कारबाही प्रकृया नबढाएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा आरोपितहरुले क्षतिपूति दिर्ने र अब आइन्दा बोक्सीको आरोपमा कुटपिट नगर्ने लिखित कागज गरेपछि मुद्दा फिर्ता लिएको पीडितका पति ५२ वर्षीय रुदन मरिकले जानकारी दिनुभयो ।
पीडितलाई देउरानी ४५ वर्षीया अरहुलियादेवी मरिक, निजका छोराहरु ३० वर्षीय दिलिप मरिक र २२ वर्षीय विनोद मरिक, छोरी २० वर्षीया मुतिर्देवी, निजका ससुरा बभनगामा कट्टी गाविस तोपाका ५० वर्षीय भुपट मरिकले कथित बोक्सीको आरोपमा दुव्र्यवहार गर्दै भदौ २ गते साँझ ५ बजे कुटपिट गरी घाइते बनाएका थिए । 
टुनामुना गरी आरोपित मूर्तीदेवीलाई बिरामी बनाएकोले सन्तान नभएको भन्दै आरोपितहरुले पीडितलाई निको पार्न दवाव दिँदै कुटपिट गरेको पीडितले आरोप लगाएकी थिइन् ।
कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । महिला सेलका इन्चार्ज असई हरीमाया श्रेष्ठले स्थानीयवासीको पहलमा दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट