News Category 2071/05/14

चाडपर्वलाई मध्यनजर गरी ट्राफिक प्रहरीद्वारा चेकजाचमा कडाई

दैनिक समाचारदाता

दैनिक सम्वाददाता
राजविराज, १३ भदौ । 
चाडपर्वलाई मध्य नजर गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले चेकजाँचमा कडाई पारिएको छ । नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै जादाँ ट्राफिक प्रहरी सक्रिय रुपमा चेकजाँचमा कडाई गरिएको हो ।
यसैक्रममा चकेजाँचकै क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले हाल सम्ममा करिब एक लाख भन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । 
साउन महिना भित्रमा ९७ हजार ८ सय जरिवाना असुली गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका इन्चार्ज विष्णु प्रसाद तिमसेनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र करिब एक लाख राजस्व असुली गर्नुका साथै ७ सय ८० सवारी सधनलाई कार्बाही गरिएको जानकारी दिनुभयो । त्यस्तै भदौ महिनाको दोश्रो सात्ता सम्ममा १ सय ९५ कार्बाही र २७ हजार ५ सय जरिवाना असुली गर्न सफल भएको इन्चार्ज तिमसेनाले जानकारी दिनुभएको छ । 
यसैबिच चाडपर्वलाई मध्य नजर गरी जिल्लाको सदरमुकाम राजविराजका साथै विभिन्न स्थानमा सवारी चेकजाँच कार्यलाई तिव्रता दिइएको छ । राजविराज ९ स्थित तेतरी गाछीमा विभिन्न सवारी साधन चेकजाँच गर्ने क्रममा गल्ती गर्ने सवारी साधनका चलकहरुलाई बुझाउँने कार्य समेत गरिएको इन्चार्ज तिमसेनाले बताउँनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट