News Category 2071/05/17

खडेरी र बेरोजगारीका कारण सप्तरीका युवा बिदेशिने क्रम बढ्दै डेढ महिनाको अवधीमा ३ हजार ३ सय ३० आवेदन

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, १६ भदौ ।
बढ्दो बेरोजगारी तथा खडेरीका कारण सप्तरीका युवा बिदेशिने क्रम दिन प्रतिदिन बढदै गएको छ । 
चालु आर्थिक वर्षको साउन  महिनादेखि भदौको १५ सम्ममा सप्तरीबाट ३ हजार ३ सय ३० जना युवाहरुले राहदानीको लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको खडेरीको प्रवल सम्भावना रहेकाले तथा धान रोपाई सम्पन्न भएपछि यहाँका युवाहरु रोजगारका लागि बिदेश जाने क्रम दिन प्रतिदिन बढ्दै गएको प्रशासन कार्यालयका राहदानी फाँटका नायब सुब्बा तोम प्रसाद दाहालले जानकारी दिनुभयो ।
जिल्लाबाट प्रत्येक बर्ष रोजगारीका लागि करिब २० हजारको संख्यामा युवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै आर्थिक वर्ष २०६९ साल साउन १ गतेदेखी २०७० साल असार ३१ गतेसम्म १९ हजार ९ सय ५८ जनाले राहदानी (एमआरपी) का लागि आवेदन दिएको राहदानी फाँटका नायब सुब्बा दाहालले जानकारी दिनुभयो । 
जस मध्ये द्रुत सेवाबाट राहदानी लिनेको संख्या ६ हजार २ सय ८३ र साधारण सेवाबाट राहदानी लिनेको संख्या १३ हजार ६ सय ७५ रहेको उहाँको भनाई छ ।
सुब्बा दाहालले राहदानी दिनेको संख्या दैनिक १ सय देखी १ सय ५० जनाको हाराहारीमा रहेको बताउँदै १८ देखी ४० वर्षसम्मका युवाहरुले राहदानी बनाउन आवेदन दिने गरेपनि बढी १८ सम्मका यूवाहरु रहेको बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट