News Category 2071/05/18

अमरेन्द्र र सुरेन्द्रलाई र्सवस्वसहित जन्मकैद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ भदौ । 
जिल्ला अदालत राजविराजले तराई जनतान्त्रिक मुिक्त मोर्चाका तत्कालिन वार्ता टोली सदस्य अमरेन्द्र गोइत र सुरेन्द्र गोइतलाई र्सवस्वसहित जन्मकैदको फैसला गरेको छ ।
सप्तरीको लोहजरा गाविस २ का ६० वर्षीय झरीलाल कुसियत यादवको अपहरण गरी हत्या गरेको आरोपमा मोर्चाका सदस्य सप्तरीको त्रिकोल गाविस ३ का ३३ वर्षीय अमरेन्द्र गोइत र त्रिकोल गाविस ५ का ३१ वर्षीय सुरेन्द्र गोइत यादवलाई जिल्ला अदालतले र्सवस्वसहित जन्मकैदको फैसला गरेका हो ।
जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपितहरुलाई यादवको अपहरण गरी गोली हानी हत्या गरेको ठहर गर्दै यस्तो फैसला सुनाएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।
अदालतले आरोपितहरु लोहजरा गाविस २ का ३० वर्षीय शिवनारायण यादव, ३३ वर्षीय जोगिया भनिने जोगेन्द्र मरिक यादव, लोहजरा गाविस ४ का ३१ वर्षीय बिरेन्द्र गुरमैता यादव, ६५ वर्षीय रबी मरिक, लोहजरा गाविस–६ का ३४ वर्षीय सत्यनारायण यादव र डाढा गाविस ५ का २७ वर्षीय नागेश्वर गिरीलाई ३÷३ वर्षकैद सजायको फैसला सुनाएको छ ।
हत्याका अन्य आरोपित जिल्लाको मोहनपुर गाविस–३ का २८ वर्षीय उमेश रामले सफाई पाएका छन् भने फरार रहेका आरोपितहरु त्रिकोल गाविस ४ का मोर्चाका कमाण्डर जयप्रकाश यादव र लोहजारा गाविस २ का ६० वर्षीय रामेश्वर बिराजी यादवको मुद्दा मुल्तवी राखिएको छ ।
आरोपितहरुले पीडितको ०६५ मंसिर २ गते अपहरण गरी गोली हानी हत्या गरेका थिए । पीडितको घरदेखि २ किलोमिटर दक्षिण खाल्डोमा फालेको अवस्थामा ०६५ मंसिर ३ गते लास फेला परेको थियो । 
यसैबिच जिल्ला अदालतको आदेशले आरोपितहरु अमरेन्द्र र सुरेन्द्र ०६७ चैत १७ गतेदेखि, शिवनारायण र जोगेन्द्र ०६७ जेठ १२ गतेदेखि तथा नागेश्वर ०६८ माघ २५ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् । सप्तरीपछि जिल्ला कारागार रामेछाप र उदयपुरमा थुनामा राखिएका आरोपित अमरेन्द्र हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा थुनामा छन् भने सुरेन्द्र, शिवनारायण, जोगेन्द्र र नागेश्वर राजविराज कारागारमा थुनामा छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट