News Category 2071/05/23

१७ थान गाई र गोरु नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २२ भदौं । 
नेपालबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले १७ थान गाई र गोरु नियन्त्रणमा लिएको छ । 
नेपालबाट अवैध तरीकाबाट चोरी तस्करी गरी भारततर्फ लगिदै गरेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरी र सशस्त्र प्रहरी चेक आउट पोष्ट बिओपि रामनगर कोदरकटीको संयुक्त टोलीले सप्तरीको मौहवा बेल्हीबाट लाखौको गाई र गोरु नियन्त्रणमा लिइएको हो । 
नियन्त्रणमा लिइएका गोरु र गाईलाई आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठी पठाइएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट