News Category 2070/03/19

हत्यारा पति पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १८ असार ।
सप्तरीको रामनगर कोदरकट्टीमा पत्नीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।
भारततर्फ भाग्दै गरेको अवस्थामा हत्यारा पति भारतीय सिमावर्ती क्षेत्र सप्तरीकै औरही गाविसबाट पक्राउ परेका हुन् । पक्राउ परेका रामनगर कोदरकटट्ी २ का जोगेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
जोगेन्द्रले गत जेठ २७ गते आफ्नै श्रीमति ३८ बर्षीय उर्मिलाको हत्या गरेका थिए । हत्या गरी घरनजिकैको बाँसघारीम शव फ्याँकेर फरार भएका उनलाई इलाका प्रहरी कार्यालय पातोको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरी नायव निरीक्षक (सई) रमेश बस्नेतले विशेष सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिएको बताउँदै आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाइएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट