News Category 2071/05/27

हत्याको अभियोगमा एक यूवकलाई सर्वस्व कैद

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २६ भदौं । 
जिल्ला अदालत राजविराजले हत्याको अभियोगमा बिहीबार एकजना यूवकलाई सर्वस्व कैदको फैसला सुनाएको छ भने दुई जनालाई एक÷एक वर्ष, दुई जनालाई ६÷६ महिना कैदको फैसला तथा दुई जनालाई सफाई दिएको छ ।  
जिल्ला अदालतका न्यायाधिश बद्री प्रसाद ओलीको एकल इजलाशले राजविराज ७ निवासी २१ वर्षिय रबिन मण्डललाई उक्त फैसला सुनाएको हो । 
२०७० साल भदौं १३ गते कृष्ण जन्मअष्टमीको दिन राजविराजस्थित हटियामा भएको ग्याङ्ग फाइटको क्रममा छुरा प्रहारबाट राजविराज ३ निवासी १७ वर्षिय अनिल मण्डलको हत्याको अभियोगमा मण्डललाई सर्वस्व कैदको फैसला दिएको अदालतले जनाएको छ । 
सोही अभियोगमा आदलतलले राजविराज ७ निवासी बिशाल मेहतर र सुरज मेहतरलाई एक÷एक वर्ष कैद, सप्तरी खड्गपुर ५ निवासी रुपचन्द्र यादव र कृष्ण यादवलाई ६÷६ महिना कैद तथा सुरेन्द्र साह र अमित गुप्तालाई सफाई दिएको छ । 
राजविराज वडा नं. ७ र ३ का यूवा समूहबीच भएको फाइटका क्रममा मण्डललाई छुरा प्रहार गरि गम्भिर घाइते बनाएपछि स्थानीयहरुले राजविराजस्थित गजेन्द्र नारायणसिंह अंचल अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट