News Category 2071/05/31

प्रहरी र प्रर्दशनकारी बिच झडप डेढ दर्जन घाईते, दुई जना नियन्त्रणमा विभिन्न संघसंस्था तथा पार्टीबाट डा. राउतको गिरफ्तारीको भत्र्सना

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० भदौं । 
डा. सिके राउतलाई बिनाशर्त रिहाईको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहमा सोमबार प्रदर्शनकारीहरुले चक्काजाम गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सो झडपमा डेढ दर्जन व्यक्ति घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
स्वतन्त्र मधेशी युवा विद्यार्थी संजाल सप्तरीको अगुवाइमा चक्काजाम गर्न खोज्दा झडप हुँदा किशोर कुमार यादव केसी र सुरेन्द्र शर्मा मधेशीलाई प्रहरीले नियन्त्रणमा लिएको आन्दोलनकारी मध्ये एक निरज मुक्तिले जानकारी दिनुभएको छ । 
प्रहरीले नियन्त्रणमा लिएका मध्ये प्रहरीको लाठ्ठी चार्जबाट यादवको हातको हडी भाचिएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय भारदहमा राखिएको प्रहरीले जनाएको छ । 
प्रहरीले गरेको लाठ्ठी चार्जको बिरुद्धमा भारदहमा प्रदर्शनकारीहरुले बजार परिक्रममा गरि बिरोध प्रदर्शन गरेका छन् । 
स्वतन्त्र मधेसी युवा तथा बिद्यार्थी संजाल नामको संगठन गठन गरि उनीहरुले आईतबार डा राउतको रिहाईको माग गर्दै राजविराजमा गृहमन्त्रीको पुत्ला समेत जलाएका छन् । 
यसैगरि सोमबार विद्यार्थी संजालले डा. राउतको निशर्त रिहाईका माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री र गृह मन्त्रीलाई ज्ञापन समेत पठाएका छन् । 
यस्तै सेकडिहुरफका अध्यक्ष आभासेतु सिंहले सोमबार एक विज्ञप्ति जारि गर्दै डा. राउतको बिना शर्त रिहाईको माग गर्नुभएको छ । जारि विज्ञप्तिमा संघीय लोकतान्त्रिक नेपालमा शान्तिपूर्वक आफ्नो विचार राख्न, सभा, सम्मेलन र संगठन गर्न पाउने प्रत्येक नागरिकको संबैधानिक अधिकार हो भनिएको छ । 
यसैगरि राष्ट्रिय मधेश समाजवादी पार्टी राष्ट्रिय सचिवालयले एक विज्ञप्ति जारि गर्दै डा. राउतको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको जनाउँदै रिहाईको माग गरेको छ । 
केन्द्रिय प्रवक्ता केशव झाद्वारा जारि विज्ञप्तिमा स्वतन्त्र र निर्वाध रुपमा अहिंसात्मक तरिकाले आफ्नो विचार राख्न पाउनु नागरिकको अधिकार रहेको भन्दै राज्यले नागरिकको संरक्षण गर्नुपर्ने दायित्व हो भनिएको छ । 
विज्ञप्तिमा प्रहरीले उल्टै अपहरणको शैलीमा गिरफ्तार गर्नुले शंका उब्जाएको भनिएको छ । विज्ञप्तिमा भनिएको छ, “हामीले नेपालमै सबै नेपालीलाई समान दृष्टिले हेरिनु पर्दछ, विभेदको शिकार बनाईनु हुँदै र संघीयता सहित स्वायत प्रदेशको ग्यारेन्टी हुनु पर्दछ भन्ने हाम्रो माग हो ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट