News Category 2071/06/03

भ्यान दुर्घटनामा एकको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता राजविराज, २ असोज ।
 राजविराज रुपनी सडक खण्ड अन्तर्गत सप्तरीको बसविटी गाविस ५ मा भएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिरहाको चौहर्वा चौकबाट स.१ च ८९८ नम्बरको महिन्द्रा पिकअप भ्यानमा तरकारी लोड गरेर राजविराजतर्फ आउँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । भ्यान तिव्र गतिमा रहेका कारण अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तरकारी ब्यापारी राजविराज नगरपालिका ९ का ५१ वर्षिय मुरली प्रसाद गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले जनाएको छ । यसैबिच मृतक गुप्ताको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको तथा भ्यान र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट