News Category 2071/06/03

सभासद्लाई एकै दिन ५० हजार एसएमएस पठाइयो

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २ असोज ।
राष्ट्रिय महिला अधिकार मंचका ५० हजार सदस्यहरुले एकै दिन एकै समयमा सभासदहरुलाई “बोक्सी अपराध विरुद्धको बिल २०७१” पारित गर्न बिहीबार एसएमएस पठाएर आग्रह गरेका छन ।
महिला अधिकार मंचको २८ जिल्लाका ५० हजार महिला सदस्यहरुले बिहिबार दिउँसो २ बजेर  ५० मिनेटमा एकै साथ उक्त संख्यामा एसएमएस पठाएको जिल्ला महिला अधिकार मंच सप्तरीकी अध्यक्ष आभासेतु सिंहले जानकारी दिनुभयो । 
पठाइएको एसएमएसमा “माननीय सभासद् ज्यु, बोक्सीको आरोपमा महिलाहरुले गम्भिर हिंसाका सिकार भएका छन, ती पीडित महिलाहरुको न्यायका लागि संसदमा प्रस्तुत भएका कथित बोक्सी अपराध बिल २०७१ तत्काल पारित गरियोस् । गाउँका महिलाहरुले घाँस काटेर पठाएको एसएमएस कदर गरियोस” उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट