News Category 2071/06/05

शिव चर्चा सुन्न करिब १० हजारको भिंड

दैनिक समाचारदाता

राजविराज÷सप्तरी सदरमुकाम राजविराजस्थित राज रंगशालामा शनिबार हजारौको उपस्थिति रहेको हेर्दा सबैलाई आश्चर्य लाग्नु स्वभाविक हो । यो उपस्थिति कुनै नेताको भाषण सुन्न होइन शिव चर्चा सुन्नका लागि हो । 
शिव शिष्य परिवार राजविराजको आयोजनामा आयोजित शिव शिष्य संगोष्ठिमा सहभागि हुन सप्तरी सहित मुलुकका ४८ जिल्ला तथा छिमेकी भारतबाट समेत करिब १० हजारको हाराहारीमा श्रद्धालुहरुको उपस्थिति रहेको थियो । 
शिव चर्चामा भारतको देवघरबाट बरसा दिदी आउँनुभएको थियो । उहाँँलाई हेर्नका लागि तथा उहाँको चर्चा सुन्नका लागि शनिबार राजविराजमा हजारौ श्रद्धालुहरुको ठुलो घुईचो लागेको हो । 
राजविराजको राजरंशाला सो शिव शिष्य संगोष्ठिका लागि विगत एक सातादेखि नै बेहुली झै सिंगारिएको थियो । 
सो संगोष्ठिमा सप्तरीसहित सुनसरी, मोरङ्ग, झापा, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायत छिमेकी भारतको विभिन्न स्थानबाट करिब ८ हजार भन्दा बढी श्रद्धालुहरुको घुईचो लागेको थियो । 
मुलुकभरीबाटै शिव शिष्यहरुलाई सो शिब शिष्य संगोष्ठिमा सहभागि हुन आमन्त्रण गरिएपनि मुलुकको ४८ जिल्ला तथा छिमेकी भारतको विभिन्न स्थानबाट हजारौ श्रद्धालुहरु सहभागि भएको आयोजकले जनाएको छ । 
शनिबार दिनभरी राजविराज शिव गुरुमय बनेको थियो । नगरको विभिन्न स्थानमा हजारौ श्रद्धालु तथा सयौ सवारी साधनहरु आएका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट