News Category 2070/03/20

सर्वाेच्चले नेसपा (आ) लाई इतिहासको पाना बनायो ः मण्डल

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असार ।
नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष खुशीलाल मण्डलले सर्वाेच्च अदालतले संबिधानको अंग भइसकेका नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) लाई इतिहासको पानामा सिमित गरिदिएको बताउनुभएको छ ।
सर्वाेच्च अदालतले सरिता गिरीलाई मान्यता दिएकोबारे बुधबार राजविराजस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । नेसपा (आ) को चुनाव चिन्ह र झण्डा सरिता गिरी समूहलाई प्रयोग गर्न दिएर यो पार्टीलाई इतिहासमा सिमित गरिएको उहाँले बताउनुभयो ।
‘मैले पनि यो कुरा सुनेको छु उहाँले भन्नुभयो, ‘‘यदी यो कुरा सही हो भने यो पार्टीलाई इतिहासको पानामा सिमित गरिदिएको छ ।’’
आदेशको प्रतिलिपी प्राप्त नभएकाले थप प्रतिकृया व्यक्त गर्नु सम्भव नभएको उहाँको भनाई छ ।
राजनीतिकबारे कुरा गर्दै उहाँले संबिधानसभाको निर्वाचन अपरिहार्य भएको बताउनुभयो । संबिधानसभाबाटै जनआन्दोलनको लक्ष्य संस्थागत गर्न देशबासीसँग आह्वान गर्दै उहाँले जनआन्दोलन, मधेस, दलितसहित सम्पूर्ण आन्दोलनमा सहादत्त प्राप्त गरेका शहीदहरुको सपना सफल बनाउनु जरुरी भएको बताउनुभयो ।
एमाओवादीका अध्यक्ष प्रचण्डप्रति इंकित गर्दै मण्डलले मधेश आन्दोलनमाथि दमन गर्न नेपाली सेनाको साथै माओवादी लडाकु प्रयोग गर्नेहरु अहिले मधेससँग लभ परेको भन्दै मधेशको मसिहा बन्ने कोशिसमा रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट