News Category 2071/06/10

डा. राउतको रिहाईको लागि एक दिने मधेश बन्दको घोषणा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ असोज । 
आमरण अनसनमा बसेका डा. सिके राउतको स्वास्थ्य अवस्था गम्भिर बन्दै गईरहेको भन्दै स्वतन्त्र मधेश गठबन्धनले त्यसको घोर भत्सर्ना गरेको छ । 
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय परिषद्का कैलाश महतोले विज्ञप्ती प्रकाशन गरी सार्वजनिक मुद्दामा पक्राउ पारिएको ब्यक्तिलाई २४ घण्टा भित्र छोडनुपर्ने कानुन हुदाँ पनि ८ गते बिना कारण सर्वोच्च अदालत समेतले मधेश विरोधी फैसला गरी मुद्धा गरेको जनाएको छ । 
असोज ५ गतेदेखि थुना भित्रै आमरण अनसनमा बसेका डा.सिके राउतको स्वास्थ्य अवस्था गम्भिर बन्दै गईरहेकोप्रति भत्सर्ना गर्दै डा.राउतको जीवन रक्षाको लागि सबैपक्षसँग आग्रह समेत गरिएको छ । 
हस्ताक्षरित विज्ञप्तीमा अन्तरिम संविधान २०६३ मा स्वतन्त्र रुपले बोल्न पाउँने अधिकार बञ्चित गरी मोरङ्गको रंगेलीबाट बिना पुर्जी अपहरण शैलिमा पक्राउ गरी विभिन्न प्रकारको मानसिक यातना, ज्यान मार्ने षडयन्त्र गरिरहेको भन्दै त्यसको भत्सर्ना गरेका छन । 
साथै गठबन्धनले डा.राउतको बिना शर्त रिहाईका लागि असोज १० गते एक दिनका लागि मधेश बन्दको घोषणा समेत गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट