News Category 2071/06/11

बोक्सी भन्दै दुव्र्यवहार गर्ने आरोपितहरु विरुद्ध उजुरी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० असोज । 
कथित बोक्सी भन्दै दुव्र्यवहार गर्ने आरोपितहरु विरुद्ध सप्तरीकी एक पीडित महिलाले उजुरी दिएकी छिन । 
सप्तरीको बोरिया गाविस ८ की ३६ वर्षीय बेचनीदेवी यादवलाई सोही ठाउँका पीडितको काका ससुरा नाता पर्ने ५० वर्षीय शिवु भनिने शिवनारायण यादवलगायतकाले बोक्सीको आरोपमा बारम्बार कुटपिट र दुव्र्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन् ।
आरोपित शिवनारायण, निजकी पत्नी ४५ वर्षीया चननवतीदेवी र निजकी छोरी २० वर्षीया रेणुकुमारी यादव, ४२ वर्षीय रामकुमार यादव र निजकी पत्नी ३५ वर्षीया तपेश्वरदेवी यादवले कथित बोक्सीको आरोप लगाउँदै मलमुत्र खुवाउन खोजेको भन्दै पीडितले प्रहरीमा निवेदन दिएकी हुन् ।
आरोपितहरुले ०७० कातिर्क २१ र २२ गते तथा ०७१ वैशाख ११ गते कथित बोक्सीको आरोप लगाउँदै गम्भीर घाइते बनाएकोमा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि कारबाही नगर्दा आरोपितहरुको मनोबल बढेको पीडितले बताइन् । 
क्यान्सर रोगका कारण पाँच वर्षअघि मृत्यु भएका आङ्खना पतिको मृत्युको दोष लगाउनेदेखि रुख सुकेको र गोठको भैसी बिमारी भएकोमा समेत टुनामुना गरेको भन्दै आफूलाई दोष दिने र कुटपिट गर्ने गरेको पीडितको आरोप छ ।
आरोपित शिवनारायणले भने जग्गासम्बन्धी विवादका कारण दुख दिने उदेश्यले बेचनीदेवीले झुठो आरोप लगाएर आफूविरुद्ध मुद्दा दिएको बताएका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट