News Category 2071/06/13

छिन्नमस्ता शक्तिपीठमा एक युवक निराधार व्रतमा

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, १२ असोज । 
वडा दशैको अवधिभरी एक युवकले प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको प्राङ्गणमा निराधार ब्रतमा बसेका छन् ।
भारतको मधुवनी जिल्ला ग्राम जिरोगा पोष्ट भरफोडी प्रखड लौकही निवासी २७ वर्षिय युवक रोहित कुमार पण्डित विगत तीन वर्षदेखि दशै अवधिभरी १० दिन सम्म निराधार ब्रतमा बस्दै आएका छन । 
वडा दशैको घटस्थापना दिन देखि १० दिन सम्म केही नखाएर विगत तीन वर्षदेखि पण्डित निराधार व्रतमा बस्दै आएका हुन । सोही अनुरुप यस वर्ष पनि प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको प्राङ्गणमा रहेको धर्मशालामा बसेर निराधार ब्रतमा बसेका छन् । 
गत वर्ष पनि युवक पण्डितले माताको महिमा अपरम्पार रहेको भन्दै वडा दशैको अवधि सम्म १० दिन सम्म लगातार केही नखाएर निराधार व्रतमा बसेका थिए । अहिले पण्डितलाई हेर्न सयौ श्रद्धालु भक्तजनहरु दिनहुँ आउँने गरेको मन्दिर समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट