News Category 2071/06/14

कानका बिरामी बढे

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असोज । 
ईम्प्याक्ट नेपाल प्राथमिक कान उपचार केन्द्र राजविराजमा कानका बिरामीहरुको संख्या बढेको छ । 
केन्द्रमा सन २०१४ जनवरीदेखि अगस्त सम्म ८ महिनामा ५ हजार ३ सय ७ जना नयाँ कानका बिरामी, १ हजार १ सय ८८ जना पुराना बिरामीले उपचार गराएको केन्द्रका नरेश कुमार यादवले जानकारी दिनुभयो । उहाँले माईनर ओपिडि १ सय जनाको चेकजाँच गर्नुका साथै श्रवण शक्ति जाँच ४ सय १६ जनालाई गरिएको जानकारी दिनुभयो । 
त्यस्तै घुम्ति कान जाँच शिबिरमा १ सय २४ जना, १ हजार ७ सय ५६ र ९ हजार बिरामीको जाँच गरिएको छ भने ७ हजार ४ सय ३० जनालाई कान सम्बन्धि जनचेतना मुलक कार्यक्रममा जानकारी दिइएको छ । 
त्यसैगरी विद्यालय जनचेतना कार्यक्रम अन्तर्गत १६ विद्यालयका २ हजार ५ सय २४ जनालाई जनचेतना फैलाइएको छ भने कानका सर्जरी ८ सय ७६ जना बिरामीहरुलाई लहान कान अस्पताल रेफर गरिएको यादवले जानकारी दिनुभयो । 
उक्त केन्द्रमा नेपालका विभिन्न जिल्लाका साथै टिमेकी भारतबाट समेत दिनहुँ ५० देखि १ सय जनासम्म बिरामीहरु आउाने गरेको केन्द्रले जनाएको छ । 
उक्त केन्द्रमा हलेश्वर माझी, नरेश कुमार यादव, लक्ष्मी चौधरी र अरबिनद मण्डल सहितकाहरुले बिरामीहरुलाई चेकजाँच गरिरहेको केन्द्रले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट