News Category 2071/06/14

राउतको रिहा नभएसम्म आन्दोलन नरोकिने

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असोज । 
पक्राउ परेका डा. सिके राउतलाई रिहा नगरेसम्म मधेशमा आन्दोलन नरोकिने सोमबार आयोजित बिरोध सभामा वक्ताहरुले बताएका छन । 
पक्राउ परेका राउतको अबिलम्ब रिहाईको लागि राजविराजस्थित जनआन्दोलन चौकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बक्ताहरुले सो कुरा बताएका हुन । 
स्वतन्त्र मधेशी युवा विद्यार्थी संगठनद्धारा डा. राउतको रिहाईका दिनहुँ आन्दोलन गर्दै आएको तथा सोही क्रममा राजविराजमा आयोजित विरोध सभामा बक्ताहरुले राउतको रिहा नगरे दशै पछि अनिश्चितकालिन मधेश बन्दको घोषणा समेत गरेका छन । 
पुर्व सभासद महेश कुमार यादवको अध्यक्षतामा आयोजित सो विरोध सभामा सद्भावना निकट रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव, मधेश मुक्ति टाईगर्सका उपाध्यक्ष भोला मुखिया भनिने मंगल पाण्डे, समाजवादी जनता पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष कमानन्द माझी लगायतका बक्ताहरुले सरकारले बिना कारण पक्राउ गरेका डा. राउतलाई अबिलम्ब रिहाईको लागि सम्बन्धित सबै पक्षसँग जोडदार माँग गरेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट