News Category 2071/06/14

२४ औं घण्टा कंकालनी र छिन्नमस्तामा स्वास्थ्य शिविर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १३ असोज । 
जिल्ला जनस्वास्थय कार्यालय सप्तरीले चाडपर्वको समयमा महामारी र नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गरि रेपीड रेस्पोन्स टिम २४ औं घण्टा सेवाका लागि पूर्व तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । 
जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय कुमार झाले सोमबार एक विज्ञप्ति जारि गर्दै सप्तरीको कंकालनी मन्दिर र छिन्नमस्ता शक्तिपीठमा औषधी सहितको टोली परिचालन गर्ने निर्णय भएको जनाइएको छ । 
विज्ञप्तिमा जनस्वास्थ्य निरिक्षक रामदेव यादव, स्टोर किपर मनोज यादव, ल्याब टेक्निसियन विश्वनाथ मण्डल, भेक्टर कन्ट्रोलर निरिक्षक नारायण राउत, सिअहेब सुभाष चन्द्र झा, अनमी अनुराधा मण्डल र कार्यालय सहयोगिहरु बुधसेन साह र रामनाथ यादव सो टिममा रहनु भएको जनाइएको छ । 
साथै विज्ञप्तिमा ईबोला भाईरस फैलिन नदिन सिमावर्ती गाविसहरु तिलाठी, रम्पुरा मल्हनिया र सकरपुरामा सशस्त्र प्रहरी बलको संयोजकत्वमा गठित ५ सदस्य टोली गठन गरी परिचालन गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट