News Category 2071/06/21

दुर्घटनामा शसस्त्र प्रहरी हवल्दारको मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २० असोज । 
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तगर्त सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ५ स्थित सडक खण्डमा कार र मोटरसाईकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन । 
पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को.१ च. ३३११ नं.को कार र विपरित दिशाबाट जादै गरेको को.३ प. ४६२१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सुनसरी बक्लौरी गाविस ७ बस्ने ३१ बर्र्षीय शसस्त्र प्रहरी वरिष्ठ हवल्दार मनोज चौधरीको मृत्यु भएको छ । 
ठक्करबाट चौधरीको दाहिने खुट्टा भाच्चिएको तथा सोही दुर्घटनामा निजको श्रीमती २७ बर्षीया सरीता चौधरीको कम्मर भाच्चिएको र निजको ८ वर्षिया छोरी श्रृष्टि चौधरीको दाहिने खुट्टा भाच्चिई तिनै जनाको अवस्था गम्भिर रहेकोमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
साथै निजको श्रीमती र छोरीको अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । 
सो दुर्घटनामा संलग्न कार र मोटरसाईकल प्रहरी चौकी कठौनाको नियन्त्रण्मा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट