News Category 2071/06/22

माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिन्छ ः सभासद् कर्ण

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ असोज । 
नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष तथा सभासद रन्जित कर्णले माघ ८ भित्र सहमतिका आधारमा नभए बहुमतको आधारमा पनि संविधान जारी गर्न सकिने बताउँनुभएको छ ।
आप्mनो गृह जिल्ला सप्तरी सदरमुकाम राजविराजमा मंगलबार वडा दशै, बकरईद, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सभासद कर्णले सो कुरा बताउनु भएको हो ।
उहाँले सम्पुर्ण दल इमान्दार भए तोकिएकै समयमा सहमतिकै आधारमा नेपालको नयाँ संविधान जारी हुन सक्ने जिकिर गर्नुभयो । सो अवसरमा सभासद कर्णले संविधान सभा भित्र रहेका दल र बाहिर रहेका दलहरुबिच सहमतिको प्रयास जारी रहेको प्रष्ट पार्नुभयो । 
उहाँले सप्तरी जिल्लाको विकास बारे सम्पुर्ण जिल्लाका, बुद्धिजीवी, संचारकर्मी, ब्यापारी, उद्योगी, राजनीतिकर्मी, अधिकारकर्मी, नागरिक समाज लगायतलाई अग्रसर हुन आग्रह गर्नुभयो । सभासद कर्णले जिल्लाको विकासमा बाधक नबन्न सम्पुर्णलाई आग्रह गर्दै सप्तरी जिल्लालाई एउटा नमुना जिल्लाको रुपमा बनाउँन सम्पुर्ण सभासदहरु अग्रसर रहेको जिकिर गर्नुभयो ।
त्यस्तै जिल्ला विकास समितिमा हरेक वर्ष बजेट फ्रिज हुने कुराको सत्यतथ्य पत्ता लगाई अनुगमन समेत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी उहाँले सप्तरी जिल्ला सरसफाईको सन्दर्भमा अत्यन्त पछाडी रहेको भन्दै यसका लागि जनता नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । जिल्लाका जनता ईमान्दार हुदाँ पनि केही ब्यक्ति बेईमान भएकोले जिल्लाको विकासमा बाधा पुगिरहेको आरोप समेत उहााले लगाउनुभयो । 
त्यसैगरी सप्तरीसँग जोडिएको भारतको कुनौलीदेखि राजविराज सम्मको सडक निमार्णका लागि सरकार तयार रहेको बताउँनुहदै कार्तिक मंसिर महिनादेखि राजविराज बिमानस्थलमा बिमान उडाउने प्रयास समेत भईरहेको उहाँले खुलासा गर्नुभयो ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट