News Category 2071/06/22

करिब एक करोड बराबरको ट्रकसहित सुपारी नियन्त्रणमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २१ असोज । 
नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गरिरहेको एउटा ट्रक सहित करिब एक करोड मुल्य बराबरको अवैध सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
राजविराजबाट छिमेकी भारततर्फ निकासी गर्न लागेको ना.४ ख २०८२ नम्बरको ट्रक सहित १७ हजार किलो सुपारी सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीले चेकजाँचको क्रममा राजविराज सखडा सडक खण्ड अन्तर्गत बागेश्वरी मन्दिरबाट नियन्त्रणमा लिएको हो । 
बरामद गरिएको अवैध सुपारी र ट्रक आवश्यक अनुसन्धानको लागि अनुसन्धान विभाग ईटहरी सुनसरी पठाइएको सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी हृदयनारायण मण्डलले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट