News Category 2071/06/24

प्रहरीद्वारा पत्रकार यादवमाथी हाथपात महासंघद्वारा घटना सम्बन्धमा प्रजिअलाई ज्ञापन

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ असोज । 
नेपाल पत्रकार महासंघका सभासद एवं नेपाल टेलिभिजन सप्तरी समाचारदाता तथा न्युज टुडे दैनिकका समाचार सम्पादक श्यामसुन्दर यादवलाई प्रहरीले हाथपात गरेको घटनाप्रति महासंघले भत्सर्ना गरेको छ । 
पत्रकार यादवमाथि असोज २२ गते राजबिराज नगरपालिका १ स्थित सडकमा राति ८.१५ बजे मादक पदार्थ सेवन गरेका प्रहरीले हातपात गरी क्यामेरा समेत खोसेको घटना प्रति नेपाल पत्रकार महासंघले दुःख ब्यक्त गर्दै घटना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवसमक्ष बिहीबार ज्ञापन पत्र बुझाएको छ । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाको नेतृत्वमा गएको पत्रकारहरुको एक टोली प्रजिअ यादव समक्ष ज्ञापन पत्र बुझाएका हुन । 
पत्रकारमाथी भएको प्रहरी ज्यादतीको विषयमा लिखित क्षमायाचना गर्दै दोषी प्रहरी पहिचान गरी सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता गरी कारवाही गर्न र सोको सार्वजनिक गर्न आग्रह बुझाइएको ज्ञापन पत्रमार्फत गरेको छ । 
त्यस्तै पीडित पत्रकारको क्षति भएको भौतिक सामाग्री पूर्ववत अवस्थामा उपलब्ध गराउन र सोको क्षतिपूर्ति पाउँनुपर्ने र आमसञ्चारकर्मीलाई भयरहित अवस्था लेख्न, रिपोर्टिङ गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण सृजना गर्न समेत ज्ञापन पत्र मार्फत आग्रह गरिएको छ । 
साथै आफना माँगहरु प्रति संवेदनशील नभए अन्यथा संघर्षका चरणबद्ध कार्यक्रम सहित आन्दोलनमा जान चेतावनी समेत दिइएको छ । 
यसैबिच ज्ञापन पत्र बुझदै सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले देशको चोथौ अंकको रुपमा रहेको प्रेस अर्थात पत्रकार जगतमाथि भएको घटनाको वास्तविकता छानबिन गरी दोषीमाथि आवश्यक कार्बाही गर्ने प्रतिवद्धता जनाउँनुभयो ।
यस्तै मधेशी पत्रकार संघ सप्तरीका सचिव चन्दन कुमार यादवले एक विज्ञप्ति जारि गर्दै संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवलाई प्रहरीले गरेको दुरव्यवहारप्रति घोर भत्र्सना गर्दै दोषि प्रहरीमाथी कारवाहीको माग गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट