News Category 2071/06/26

स्वायत्त प्रदेश नभए मधेश सिके राउतकै बाटोमा जान सक्छ ः उपाध्यक्ष साह

दैनिक समाचारदाता

राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबुले डा. सिके राउतलाई पक्राउ गरेर सरकारले देशलाई गृहयुद्ध तर्फ ढकेलेको आरोप लगाउँनुभएको छ । 
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सो आरोप लगाउदै उहाँले मधेश स्वायत्त प्रदेश संविधानमा जारी नभए मधेश सिके राउतकै बाटोमा जान सक्ने धारणा समेत व्यक्त गर्नुभयो । 
उहाँले सरकारलाई वाक्य स्वतन्त्रताको कदर गर्दै डा. राउतलाई अविलम्ब रिहा गर्न माग गर्नुभयो ।  
उपाध्यक्ष साहले जातिवादले मधेश कमजोर हुँदै गएको भन्दै मधेशको आवाज बुलन्द गर्ने सिके राउत जस्तो सपुतको जन्म भईसकेको बताउँदै अभिब्यक्ति स्वतन्त्रता कायम गर्नुपर्ने बताउँनुभयो । 
काँग्रेस र एमालेको सरकार अप्राकृतिक गठबन्धन रहेको बताउँदै सरकारमा समावेश काँग्रेसका सभापति र एमालेका अध्यक्ष आफै बिरामी भएकोले सम्पूर्ण सरकारनै बिरामी भएको बताउनुभयो । 
संचारकर्मीहरुको जिज्ञासामा उहाँले मधेशसँग भएको विभिन्न सम्झौतालाई ध्यानमा राखि नयाँ संविधान जारि गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट