News Category 2071/06/25

पत्रकारमाथी भएको दुरव्यवहारप्रति तीन बु“दे सहमति

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ असोज ।
पत्रकार श्याम सुन्दर यादवमाथि गरिएको दुव्र्यवहारको सम्बन्धमा भएको छलफलमा विभिन्न तीन बुँदे सहमति भएको छ । 
नेपाल पत्रकार महासंघका सभासद एवं नेपाल टेलिभिजन सप्तरी समाचारदाता श्यामसुन्दर यादवलाई प्रहरीले दुब्र्यबहार गरी क्यामेरा समेत खोसेको घटनाका सन्दर्भमा शुक्रबार बिहान सुरक्षा निकाय र पत्रकारबीच प्रजिअ निवास राजबिराजमा दुईपक्षिय छलफल भई तीन बुदे सहमति भएको हो । 
सो छलफलमा  स्थानीय एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरी लगिरहेको फोटो खिच्दा पत्रकार यादवलाई गरेको दुब्र्यबहार एवं क्यामेरा क्षतिग्रस्त भएको घटना प्रति दुःख ब्यक्त गर्दै सातदिन भित्र घटनाको छानवीन गरी दोषि प्रहरी पत्ता लगाई कारवाहि गर्ने र सोको लिखित जानकारी नेपाल पत्रकार महासंघलाई गराउने, पीडित पत्रकार यादवको क्यामेरा क्षतिग्रस्त भएकाले पूर्वबत अवस्थामा उपलब्ध गराउने तथा आमसञ्चारकर्मीको सुरक्षा, समाचार संकलन, घटनाको कुनै तस्वीर खिच्ने विषयमा कुनै बाधा अवरोध नपु¥याउने, सुरक्षा प्रत्याभुति दिलाउन जिल्ला प्रहरी कार्यालय सप्तरीले मातहतका सवै इकाई र प्रहरीलाई तत्कालै निर्देशन दिने, सुरक्षाप्रमुखहरुको उपस्थिती र सहभागितामा नेपाल पत्रकार महासंघले उपयुक्त समयमा पत्रकार आचासंहिता सम्बन्धि अन्तरक्रिया गर्ने सहमति गरिएको जनाएको छ । 
उक्त सहमतिमा पत्रकारटोलीको नेतृत्व गर्नुभएका पत्रकार महासंघ सप्तरी अध्यक्ष प्रकाश खतिवडा र सुरक्षा निकायको तर्फबाट सप्तरीका प्रमुख जिल्ला अधिकार बिरेन्द्रकुमार यादवले हस्ताक्षर गर्नुभएको छ । 
छलफलमा सुरक्षा निकायको तर्फवाट जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख केदार ढकाल लगायतका प्रहरी अधिकृतहरु तथा बरिष्ठ पत्रकार शिवहरि भट्टराई, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, पत्रकार महासंघ सप्तरीका सल्लाहाकार जितेन्द्र खडगा उपाध्यक्ष श्रवण देव, सचिव ओमप्रकाश साह, पीडित पत्रकार श्यामशुन्दर यादव र कम्याक्ट कम्युनिकेशन प्रालीका अध्यक्ष शिवनारायण साहको उपस्थिती रहेको थियो । 
यसअघि सप्तरीको सदरमुकाम राजविराज स्थित हटियामा प्रहरीले राजविराज–१ निवासी बिनोद साहलाई कुटपीट गरी घिसार्दै लगेको फोटो खिंच्ने क्रममा बुधबार राति ८.२५ बजेको समयमा पत्रकार यादवलाई प्रहरीले दुब्यबहार गर्दा क्यामरा क्षतिग्रस्त भएको थियो । घटनाको बिरोधमा नेपाल पत्रकार महासंघ सप्तरीले बिहिबार तीन बुदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुभाएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट