News Category 2070/03/20

डुमरी स्वास्थ्य संस्थामा ताला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ असार ।
राजविराज १० डुमरीस्थित स्वास्थ्य केन्द्रमा स्थानीयहरुले ताला लगाएका हुन् ।
स्वास्थ्य चौकी इन्चार्ज सधैं नआउने, स्वास्थ्य संस्था समयमा नखोलिरहेको भन्दै स्थानीयहरुले ताला लगाएका हुन् । उनीहरुले इन्चार्ज र स्वास्थ्यकर्मीहरु समयमा सधैं आउने वातावरण नबनाएसम्म ताला नखोल्ने बताएका छन् ।
डुमरी स्वास्थ्य संस्था मात्र नभई सप्तरीकाअधिकांस स्वास्थ्य संस्थाका इन्चार्ज र स्वास्थ्यकर्मीहरु सदरमुकाममुखी बनेका छन् । हप्तामा एक दिन गएर हाजिरी बनाउने परम्परा स्वास्थ्य संस्थामा विकसित बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट