News Category 2071/06/25

बोक्सी भन्दै पुनः महिला कुटिइन

दैनिक समाचारदाता



शुभ नारायण यादव
राजविराज, २४ असोज ।
सप्तरीलगायत तराईका जिल्लाहरुमा बोक्सीको आरोपमा महिलाहरु कुटिने क्रम रोकिनुका साटो झन् बृद्धि हुँदै गएको छ । 
पछिल्लो पटक सप्तरीको बरही बिरपुर गाविस ३ हाटी टोलमा एक महिला बोक्सीको आरोपमा कुटिएकी छिन । स्थानीय मो.जमालकी ३० वर्षिया श्रीमति सहिदा खातुनलाई बोक्सीको आरोपमा बुधबार दिउँसो निर्घात कुटपिट गरिएको हो । 
पीडितकी श्रीमान विगत केही वर्षदेखि वेदैशिक रोजगारीका लागि साउदीमा छन् । उनका छिमेकीहरु आसिन मियाँका ३० वर्षिय छोरा मो.हविव र उनका भाई १७ वर्षिय मो.ईसराफिल सहितले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको पीडितले बताइन् । 
कुटपिटबाट महिला खातुनको डाढ सहित शरिरको विभिन्न स्थानमा गम्भिर चोट लागेको तथा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धरान पठाइएको उनका आफन्तजनले बताएका छन । 
यसअघि पनि उनलाई आप्mनै छिमेकीहरुले तिमी बोक्सी हो भनि पटक पटक गाली गलौज र कुटपिट गर्दै आएको पीडित महिलाले बताइन् । यसैबिच पीडितले न्यायको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएको उनका आफन्तजनले बताएका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट