News Category 2071/06/27

“मापसे” रोक्न लाइसेन्समा प्वाल पार्ने अभियान सुरु जनशक्ति अभावमा ट्राफिक व्यवस्थापनमा समस्या

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २६ असोज ।
दिन दिनै जनघनत्व बढ्दै गएको सप्तरी जिल्लामा सवारी साधनको चाँप समेत बढ्दै जादा सडक र सवारीको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई साधन र स्रोतको अभावमा खड्कीएको छ । 
सवारी साधनको चाप दिन दिनै बढ्दै जादा त्यसको अनुपातमा जनशक्ति नहुदाँ ट्राफिक व्यवस्थापन गर्नका लागि कठिनाई हुने गरेको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
सप्तरीको सदरमुकाम राजविराज क्षेत्रमा पछिल्लो समय सवारी साधनको चाप बढ्दै जादा त्यसको व्यवस्थापनमा कठिनाई भएको छ । राजविराजमा हाल एक महिला सहित ८ जना मात्र ट्राफिक प्रहरी छन्, सबै जना भ्याई नभ्याई छ तर पनि सबै क्षेत्रमा ट्राफिकको व्यवस्थापन गर्न समस्या उत्पन्न भईरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
जनशक्ति सँगै ट्राफिकलाई स्रोत र साधनको अभाव छ भने सवारी साधनको चेक जाच गर्ने ट्राफिक प्रहरी आफैसँग सवारी साधन छैन । कुनै स्थानमा तत्काल घटना घटि हालेमा पुग्नका लागि साधन नहुदा समस्या पर्ने गरेको छ ।
यसैबिच मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम सप्तरीमा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले मादक पदार्थ सेवनलाई निरुत्साहित गर्न नयाँ अभियान सुरु गरेको छ । 
प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्ने अभियान सुरु गरेको हो । 
सप्तरी सदरमुकाम राजविराज तथा आसपासका विभिन्न स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै वेथलाइजर मेसिनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै आएको छ । 
जाँचको क्रममा चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाएमा तत्काल सवारीसाधन र चालक अनुमति पत्र नियन्त्रणमा लिई कारबाही स्वरुप रु एक हजार जरिवानासहित लाइसेन्समा प्वाल पार्न अभियान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजका इन्चार्ज विष्णु तिमसिनाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“मादक पदार्थ सेवन गरी चालकले सवारी चलाएको सात पटकसम्म पाइए उसको सात पटक नै लाइसेन्समा प्वाल पार्छौं र उक्त लाइसेन्स स्वतः रद्द हुनेछ ।”
सप्तरीमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन अभियान थालिएको र रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा अत्यधिकरुपमा दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले सो कदम चालेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट