News Category 2071/07/05

धरौटीबाट रिहा हुन तयार नभएका डा. राउतका लागि मधेशमा रकम संकलन गरिदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ४ कात्तिक । 
पचास हजार धरौटी तिर्न नसकि डिल्लीबजार स्थित करागारमा रहेका डा.सिके राउतको रिहाईका लागि सप्तरी सहित मधेशका जिल्लाहरुमा रकम संकलन गर्न थालिएको छ ।
डा.राउतको रिहाईका लागि सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाको मुख्य मुख्य शहरहरुमा दान पेटिका राखि चन्दा संकलन गरिदै छ ।  
आफूमाथि लागेका सम्पूर्ण मुद्दाहरु फिर्ता नभएसम्म धरौटीमा रिहा नहुने बताएका छन् । धरौटी बुझाएर रिहा भयो भने गलत नजिर बस्ने भन्दै धरौटी बुझाएर रिहा हुने पक्षमा उनी देखिएका छैनन् ।
डा.सिके राउतले यदि आफूले धरौटी राखेर रिहा भए त्यसको गलत नजिर स्थापित हुने भन्दै त्यसले वाक स्वतन्त्रता पनि कुण्ठित हुने पनि डर रहने र्भपछि राउत धरौटी रकम तिर्न मानेका छैनन् । 
डा.राउतले आफू विरुद्धको सम्पूर्ण मुद्दा फिर्ता नहुँदासम्म जेलमै बस्ने बताउँदै उनले अनशनको क्रममा दिएको आश्वासन झुठा सावित भइसकेकाले अर्को आश्वासनको भरमा धरौटीमा रिहा नहुने बताएका छन् ।
त्यस्तै डा. राउतसँग रकम नभएको तथा मधेश युवा नेतृत्वकर्ता तथा विश्व परिचित वैज्ञानिक रहेको र अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा पक्राउ गरिएका डा.राउतलाई जेलबाट रिहा गराउने भन्दै अभियाननै चलाएका छन् । उनका कार्यकर्ताले प्रत्येक मधेशी जनताबाट एक रुपियाँ माग गर्दै अभियान शुरु गरेका छन् । 
मधेशको हरेक जिल्लाको प्रमुख स्थानमा दान पेटिका राखिएको छ भने राजधानीमा मधेशवादी दलका पार्टी कार्यालय अगाडी पनि बाकस राखेर एक रुपियाँ दान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यो बाक्स कात्र्तिक १ गतेदेखि कात्र्तिक ५ गतेसम्म राखिने डा. सिके राउत बचाउ संघर्ष समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट