News Category 2070/03/21

आफ्नै श्रीमान् र सौताबाट कुटिइन् महिला

दैनिक समाचारदाता

आमेन्द्र यादव
राजविराज, २० असार ।
सप्तरीको सिम्रहा सिगियौन गाविसकी एक महिला आफ्नै श्रीमान् र सौतासँग कुटिएकी छिन् । कुटपिटबाट चोट लागि उनको बाँया आँखा सुनिएको छ भने शरिरको विभिन्न भागमा निलडाम रहेको छ ।
सिम्रहा सिगियौन गाविस ८ की चन्द्रकला देवी मण्डललाई बुधबार राती सुतिरहेको अवस्थामा श्रीमान रामभरोस मण्डल र सौता चननदेवी मण्डल मिली कुटपिट गरेको पीडितले बताइन् ।
कुटपिटबाट घाइते भएकी चन्द्रकलाले सुतिरहेको अवस्थामा राती करिब ११ बजे मेरो श्रीमान् र सौताले एक्कसी आएर मुक्का, लात, लाठीले कुटपिट गरेको बताइन् ।
यसअघि पीडित चन्द्रकलालाई उनको श्रीमान्ले २०७० असार ८ गते कुटपिट गरि घर निकाला गरिदिएका थिए । घर निकाला गरिएपछि चन्द्रकलाका ससुरोले उनलाई घरकै बरण्डामा शरण दिँदै आएका थिए ।
सो सम्बन्धमा चन्द्रकलाले जिल्ला अदालत सप्तरीमा माना चामल मुद्दा दायर गरेकी छिन् । सोही मुद्दाबाट पन्छाउन उनको श्रीमान् र सौताले कुटपिट गरेको चन्द्रकलाले बताइन् ।
यस्तै पीडितलाई २०६९ साल साउन २४ गते गाउँकै छिमेकी जित मण्डल र गणेश मण्डलले जबरजस्ती करणी गरेको सम्बन्धमा समेत अदालतमा मुद्दा विचाराधिन रहेको छ । सोही समयदेखी पीडित महिला मानसिक, सामाजिक यातनाबाट विच्चलित भई गाउँबाट आएर राजविराज ७ स्थित सखडा मोडमा चिया पसल खोलेर जिविका यापन गर्दै आएकी थिइन् ।
उनको श्रीमान्ले गाउँमै बस्ने वातावरण मिलाउँछु भनी गाउँमा लगेर राखेको र पछि विभिन्न किसिमको मानसिक, शारिरीक यातना दिँदै कुटपिट गरेको पीडितले बताइन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट