News Category 2071/07/10

प्रहरीद्धारा बरामद गरिएको लाखौको सामान सार्वजनिक

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ९ कात्तिक । 
सप्तरीको देउरी गाविसमा बुधबार प्रहरी र तस्करबिच दोहरो भिडन्तपछि बरामद गरेको लाखौंको सामानहरु आइतबार प्रहरीले सार्वजनिक गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । 
अवैध रुपमा भन्सार छली ल्याई राखेको करिब ४ लाख ७६ हजार ४ सय मुल्य बराबरको कपडाहरु बरामद गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय बुझाएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
सप्तरीको देउरी गाविस ७ बस्ने सुर्य नारायण मुखीयाको घरमा अवैध कपडाहरु रहेको सूचना पाएपछि प्रहरी टोलीले घर खानतलासी गर्दा तस्करी र तस्करीका सहयोगीहरुले प्रहरी टोली माथि ढुङ्गामुढा गर्दा उक्त भिडलाई प्रहरीले साम्य पार्न खोजेपछि सो भिडन्त भएको प्रहरीले जनाएको छ । 
भिडलाई नियन्त्रणमा लिनका लागी प्रहरीले ३ राउण्ड हवाईफायर गरी तितरबितर पारेको थियो । सो घटनामा ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनबाट खटेको प्रहरीटोली मध्ये प्रहरी निरीक्षक छेदीलाल कामती, प्रहरी सहायक निरीक्षक मनोज यादव र प्रहरी जवान लुलिन्द्र तिम्सीना घाईते भएका थिए ।
यता स्थानिय तस्करहरु देउरी गाविस ७ का राजाराम साह, मानराजा गाविस ५ का बरुण यादव, सोही ठाउँका लोचन साह र निजका भाई लक्ष्मी साह सहित फरार रहेको तथा उनीहरुको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दानसिंग बोहराले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट