News Category 2071/07/11

सुनचा“दीसहित एक भारतीय पक्राउ

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० कात्तिक । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले विषेश सूचनाको आधारमा सोमबार दिउँसो करिब एक लाख बराबरको अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सुन चाँदीसहित एक भारतीयलाई पक्राउ गरेको छ । 
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरिक्षक चक्र बस्नेतको नेतृत्वमा खटेको टोलीले राजविराजस्थित कुनौली मोडबाट भारत मधुवनी जिल्ला लहरीयागन्ज २ बस्ने बर्ष ३५ का प्रदिप कुमार साहलाई उक्त मुल्य बराबरको सुनचाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका साहसँग सुन ७.२ ग्राम र चाँदी १ किलो रहेको प्रहरीले जनाएको छ । यता बरामद गरिएको सुनचाँदीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा पठाइएको तथा पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरी नायब उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट