News Category 2071/07/12

आज अस्ताउ“दो सूर्यलाई अर्घ दिइदै

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ११ कात्तिक । 
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि मिथिलान्चलबासीको महान पर्व छठ पर्वको आज तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइदै छ । चार दिनसम्म मनाइने यो पर्वमा भोली बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न हुन्छ ।  
यसअघि मंगलबार बेलुका घर घरमा खर्ना गरिएको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वासका साथ मनाउँने छठ पर्वको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खाएर अर्थात अरबा अरबाईन गरी मनाईयो ।
यसैबिच सप्तरीमा पनि छठ पर्वकालागि धमाधम तयारी भइरहेको छ भने पुजा सामाग्रिहरु किनमेलका लागि अहिले बजारमा चहलपहल बढेको छ । राजविराजस्थित हटियामा छठ पर्वमा प्रयोग हुने विभिन्न माटाका भाडो, केरा, बासले बनाएको सुप, नरिवल, भोगेटो लगायतका सामग्रिहरु किनमेल गर्न घुँइचो लागेको छ ।  
छठ पूजाका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेषरूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दियो र कराई आवश्यक पर्छ ।
छठ पर्वलाई व्यवस्थित गर्न स्थानीय युवकहरूले समिति बनाई व्यवस्थापन गर्ने गरेका छन् भने यो पर्व जलाशय, पोखरी वा नदी भएको स्थानमा मनाइन्छ ।
पूर्णरूपमा साकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्छन् ।  
यस्तै सप्तरीको सदरमुकाम राजविराज १ स्थित भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ति पोखरी तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर सहितको दर्जनौ ठाउँमा घाट बनाएर भव्यतापूर्वक पूजापाठ गर्ने तयारी गरिदै छ । 
त्यसैगरी भारदहस्थित कोशी व्यारेजमा सप्तरी, सुनसरी, सिरहा सहित सीमावर्ती भारतीय गाउँबाट समेत आएर श्रद्धालुहरुले छठका लागि स्थान ओगटदै छन् ।
सुरुमा तराइवासीहरूले मात्र मनाउने यो पर्व हिजोआज अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट