News Category 2071/07/20

`“सभासदको हैसियतले मण्डललाई काम गर्न दिने” सर्वोच्चको फैसला

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १९ कात्तिक । 
दोश्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र न. २ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका अशोककुमार मण्डल अमरलाई सर्वोच्च अदालतले सभासदको हैसियतले काम गर्न संविधानसभा अदालतले लगाएको रोक फुकुवा गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठ तथा सदस्यद्वय न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले बुधबार मण्डललाई संविधानसभा सदस्यकै हैसियतका काम गर्न दिने फैसला गरेको हो ।
सप्तरी निर्वाचन क्षेत्र न. २ को राजाजी प्राथमिक विद्यालय वनरझुल्ला क मतदान केन्द्रमा मतदाता भन्दा बढी मत खसेपछि गत मंसिर ४ गतेको निर्वाचन बदर गरेर ६ गते पुनः मतदान भएको थियो । चुनावमा धाँधली भएको भन्दै सद्भावना पार्टीका उम्मेदवार नवलकिशोर साह रामबाबुले संविधान सभा अदालतमा उजुरी दिएका थिए ।
तर, पुनः मतदानमा गर्दा प्रत्यक्ष तर्फ मात्र मतदान गराइएको पाइएको भन्दै अदालतले यो संविधानसभा ऐन विपरित भएको ठहर गरेको गर्दै माघ ८ गते मण्डललाई सभासदको हैसियतमा काम गर्न रोक लगाएको थियो ।
मण्डलले ६ हजार ५७ मत पाएका थिए भने साहले ५ हजार ६ सय २४ मत पाएका थिए । सभासद मण्डलले तिन महिना सम्म संविधानसभा सदस्यको हैसियतका काम गर्न नदिन अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट