News Category 2071/07/21

मधेशको हितमा संविधान नआए विद्रोह गर्ने मातृका यादवको चेतावनी

दैनिक समाचारदाता

शुभ नारायण यादव
राजविराज, २० कात्तिक । 
नेकपा (माओवादी)का अध्यक्ष मातृका प्रसाद यादवले निर्धारित समयमा मधेशको हितमा संविधान नआए मधेशमा विद्रोह गर्ने चेतावनी दिनुभएको छ ।
बृहत मधेशी नागरिक समाज, मधेशी राष्ट्रिय मुक्ति मोर्चा, संघीय मधेशी मोर्चा र आम जन स्वाभिमान परिषदको संयुक्त आयोजनामा बिहिबार राजविराजमा आयोजित बर्तमान परिवर्तित राजनीतिक अवस्थामां मधेशको मुक्तिका लागि सवाल र भावी आन्दोलनको तैयारी विषयक विचार गोष्ठि कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो चेतावनी दिनु भएको हो । 
उहाँले मंसीर पहिलो सात्ता सम्ममा मोर्चाको घोषणा गरी मधेश आन्दोलनलाई अगाडी बढाउनु आवश्यक रहेको बताउँनुभयो । 
एमाओवादी र मधेशवादी दुवैले आनदोलन बिक्रि गरेको आरोप लगाउँदै उहाँले मधेशको आन्दोलनको आवश्यकताका लागि सम्पुर्ण मधेशबादी दलहरुलाई मोर्चाबन्दी हुनु आवश्यक रहेको जिकिर गर्नुभयो । 
२२ दलिय मोर्चा प्रचण्डको मोर्चा रहेको आरोप लगाउँदै अध्यक्ष यादवले मधेशवादी शक्तिबिच मोर्चाबन्दीका लागि सम्पुर्ण मधेशवादी दलहरु बिच आपसि समझदारी गर्नुपर्नेमा जोड समेत दिनुभयो । 
एक अर्को प्रसङ्गमा उहाँले अबको संघर्ष सम्झौता हिन संघर्ष हुने जिकिर गर्नुहुँदै मधेशी मोर्चा निमार्ण गर्न सबैले आ आफना पार्टीका नेताहरुलाई दवाव दिनुपर्ने बताउँनुभयो । अध्यक्ष यादवले जातिवादबाट माथि उठी मधेशको अधिकारका लागि सम्पुर्ण मधेशी दलहरुलाई एक जुट हुनुपर्ने अहिलको आवश्यकता रहेको बताउँनुभयो । 
त्यसैगरी कार्यक्रममा नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष सरिता गिरीले ५ वर्षको अवधिमा मधेशवादी दलहरु विभाजित भई पहाडी दलहरुसँग आवद्ध हुन पुगेको आरोप लगाउँनुभएको छ ।
बिशिष्ट अतिथिको आसन्नबाट बोल्दै उहाँले मधेशी जनअधिकार नेपाल माओवादीको नारा उठाएर स्वायत्ततता तथा पहिचान सहितको संघियताबाट मधेशको प्राप्त गर्न नसक्ने बताउँनुभयो । उहाँले काठमाण्डौ नेपालको निमार्ण मधेशले गरेकोले मधेशी जनता देश बिखण्डनको पक्षमा नरहेको जिकिर गर्दै संसद सहितको मधेश प्रदेशका लागि मधेश जनाआन्दोलनको आवश्यकता रहेको बताउनुभयो । 
उहाँले मधेशमा बसोबास गर्ने समस्त जनसमुदायसँग यस आन्दोलनमा सहभागि भई यसलाई सफल तुल्याउन आह्वान समेत गर्नुभएको छ । अध्यक्ष गिरीले नेपाल सद्भावना पार्टीको मधेश जनआन्दोलन अहिंसक हुने बताउँदै यो आन्दोलन असहयोग र अवज्ञाको सिमा सम्म जाने जिकिर गर्नुभयो । 
उहाँले मधेश जनआन्दोलनको पहिलो चरणको कार्यक्रम अनुसार मंसीर ५ गतेका दिन मधेशका सम्पुर्ण जिल्लाहरुमा आप्mनो संसद सहितको समग्र मधेश एक प्रदेश तथा मधेशका ग्रामिण भेगबाट सशस्त्र प्रहरी बलको कैम्प हटाउने माग सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयलाई बुझाई धर्ना दिईने बताउनुभयो ।
संविधानद्वारा सुनिश्चित अभिब्यक्तिको स्वतन्त्रताको विरुद्ध मधेशी अभियानकर्ता तथा बृद्धिजिवी डा. सिके राउतको सरकारद्वारा गरिएको गिरप्mतारीको पार्टी विरोध गर्दै सरकारसँग सबैको अभिब्यक्तिको अधिकारको सुरक्षा गर्न जोडदार माँग गर्नुभएको छ ।
अध्यक्ष गिरीले मधेशको राजनीतिक, आर्थिक तथा सामाजिक समस्याको समाधानका लागि आप्mनै संसद सहितको समग्र मधेश एक प्रदेश स्थापनाको माँग गर्नुभएको छ ।
मोर्चाका सुर्यनाथ प्रसाद सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सदभावना पार्टी आनन्दी देवीका राष्ट्रिय अध्यक्ष खुशीलाल मण्डल, बलराम यादव, राजाराम यादव, राज नारायण यादव लगायतका बक्ताहरुले मधेशी जनताको अधिकारका लागि सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट