News Category 2071/07/24

सचिव रिहाईको माग गर्दै नागरिकता सिफारिस बन्द गरिदा सेवाग्रहीहरु समस्यामा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ कात्तिक ।
थुनामा रहेका गाविस सचिव नन्दी यादवको रिहाईको माँग गर्दै सप्तरीका सम्पुर्ण गाविस सचिवहरुले नागरिकता सिफारिस बन्द गरेपछि सेवाग्राहीहरु समस्यामा परेका छन । 
गाविस सचिवलाई पक्राउ गरेको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले समस्या समाधान नभएसम्म सम्पुर्ण जिल्ला कार्य समितिले नागरिकताको सिफारिस कार्य बन्द गरेपछि जिल्लाका हजारौ सेवाग्राहीहरु नागरिकता बनाउँनबाट बञ्चित भएका हुन । 
गाविसले नागरिकताको लागि सिफारिस नगरेका कारण अति आवश्यकत कामले नागरिकता बनाउँनु परेकाले बनाउन नपाएकोमा सेवाग्राहीहरुले आक्रोश ब्यक्त गरेका छन । 
यता गाविस सचिवले नागरिकताको लागि सिफारिस गर्न विगत तीन दिनदेखि छाडेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने सेवाग्राहीहरुको ह्वातै संख्यामा कमि आएको कार्यालय नागरिकता फाँटका नायब सुब्बा बिनोद कुमार यादवले बताउनुभयो । सेवाग्राहीहरु नआउँदा नारिकता फाँट सुनसान भएको उहाँको भनाई छ । 
यता गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले हाल थुनामा रहेका गाविस सचिव नन्दी यादवलाई तुरुन्तै २४ घण्टा भित्र थुनामुक्त गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषद कार्यालयमा गृहमन्त्रालयका तर्फबाट नागरिकता प्रमाणपत्र नियमावलीमा अनुसुची १ संशोधनका लागि पेश भएको पेश भएको प्रस्ताव तुरुन्त स्वीकृत गर्नुपर्ने र नागरिकता प्रमाणपत्र एनेमा संशोधन गरी निजामती कर्मचारीको लागि विभागिय कारबाही गरिने व्यवस्था कायम गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट