News Category 2071/07/25

दोश्रो दिन पनि नागरिकता सिफारिस नगरिदा सेवाग्रही प्रभावित

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २४ कात्तिक । 
थुनामा रहेका गाविस सचिव नन्दी यादवको रिहाईको माँग गर्दै सप्तरीका सम्पुर्ण गाविस सचिवहरुले नागरिकता सिफारिस बन्द गर्दा दोश्रो दिन पनि सेवाग्राहीहरु प्रभावित भएका छन् । 
गाविस सचिवलाई पक्राउ गरेको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले समस्या समाधान नभएसम्म सम्पुर्ण जिल्ला कार्य समितिले नागरिकताको सिफारिस कार्य बन्द गरेपछि अहिले सेवाग्राहीहरु प्रभावित भएका छन् । 
यद्दपी जिल्ला प्रशासन कार्यालय सप्तरीमा नागरिकता बनाउनेहरु पुरानै मितिमा गाविस सचिवहरुले सिफारिस गरेको पत्र लिएर आइरहेका छन् । 
यता गाविस सचिवले नागरिकताको लागि सिफारिस गर्न कार्य बन्द गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने सेवाग्राहीहरुको संख्यामा कमि आएको कार्यालय नागरिकता फाँटका नायब सुब्बा बिनोद कुमार यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट