News Category 2071/07/30

का“ग्रेस एमाले मुुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप

दैनिक समाचारदाता

दैनिक संवाददाता राजविराज, २९ कात्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय उपाध्यक्ष शर्वेन्द्रनाथ शुक्लाले काग्रेस एमालेले मुलुकमा ७ प्रदेशको अवधारणा ल्याएर मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँनुभएको छ । तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो आरोप लगाउँनुभएको हो । सहमतिको संविधान आए मुलुकमा दिर्घकालिन शान्ति आउँने विश्वास ब्यक्त गर्नुहुदै उहाँले जबसम्म दुई तिहाईको बहुमतिय सरकार रहन्छ, तबसम्म मुलुकमा सहमति हुन नसक्ने बताउँनुभयो । प्रमुख आतिथिको आसन्नबाट बोल्नुहुदै शुक्लाले मधेशी जनताको अधिकार माँग्दा नदिने गरेको आरोप लगाउँदै मधेशी दलहरुले संघर्षबाट आप्mनो अधिकार लिने जिकिर गर्नुभयो । त्यसैगरी सोही कार्यक्रममा पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले काठमाण्डौको सिंहदरवारमा षडयन्त्र भईरहेको बताउँदै मधेशलाई फोड्न खोजेको आरोप लगाउनुभयो । सोही कार्यक्रममा पार्टीका गोविन्द चौधरीले काग्रेस र एमालेले मुलुकमा शासन चलाईरहेको बताउँदै जसले संविधान सभाको बिरोध गर्छ त्यसले संविधान बनाउन नसक्ने बताउँनुभयो । तमलोपाका अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, साधना झा, बि.पी. यादव, हरी प्रसाद राय, सुरेन्द्र मण्डल लगायतका बक्ताहरुले मधेशी जनताको अधिकार सुनिश्चितता गरि समयमै संविधान आउँनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट