News Category 2071/08/01

नगर सरसफाईको दायित्व नगरपालिकाको मात्र नभई सम्पुर्ण नगरबासीको पनि हो ः सभभासद् यादव

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३० कात्तिक । 
सम्पुर्ण नगरबासीहरुले सरसफाई कर नतिरे सम्म राजविराज नगरपािलकाको पूर्ण सरसफाई हुन नसक्ने एक कार्यक्रमका सहभागिहरुले धारणा ब्यक्त गरेका छन् । 
क्लिन राजविराज, ग्रिन राजविराज अभियानमा सहभागि बनौ भन्ने मुल नाराका साथ आईतबार राजविराजस्थित गजेन्द्र चौकमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो धारणा ब्यक्त गरिएको हो । 
कार्यक्रममा सप्तरी क्षेत्र न. ३ का सभासद उमेश कुमार यादवले नगरको सरसफाई अभियानलाई सफल पार्ने दायित्व नगरपालिकाको मात्र नभई सम्पुर्ण नगरबासीहरुको रहेकोले सो कार्यमा सहयोग गर्न सबै पक्षसँग अनुरोध गर्नुभएको छ । 
उहाँले नगरबासीहरु सबैले आ–आप्mनो घरदेखि सरसफाई अभियान गर्न थालेपछि मात्र नगरको पुर्ण रुपमा सरसफाई हुन सक्ने विश्वास ब्यक्त गर्नुभयो । नगरमा सुंगुर आतङ्कलाई नियन्त्रणमा लिनका लागि सुंगुरलाई मारेर नहुने बताउँदै त्यसलाई उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । 
राजविराज नगरलाई समेत प्लाष्टिक मुक्त क्षेत्र बनाउनुपर्नेमा जोड दिदै सभासद यादवले नगरको चौतर्फी विकासका लागि सबैको सहयोगको खाँचो रहेको बताउँनुभयो । 
त्यसैगरी कार्यक्रममा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ्गले नगरपालिकाको आन्तरिक श्रोत साधनको अभावमा सरसफाई गर्न समस्या उत्पन्न भईरहेको बताउँदै उहाँले नगरपालिकाले सरसफाई कर असुली नगरेका कारणले पनि सरसफाईमा समस्या उत्पन्न भईरहेको जिकिर गर्नुभयो । 
नगरको फोहोर व्यवस्थापन ऐनले नगरपालिकाको अनुमति बिना फोहर मैला जथाभावी फालेमा ५ हजार जरिवाना तिर्नुपर्ने नियम लागु गरेमा फोहोर मैला व्यवस्थापन हुन सक्ने विश्वास उहाँले ब्यक्त गर्नुभयो । 
सुंगुर व्यवस्थापन सम्बन्धमा सुधार भईरहेको छ, तर छाडा पशु, चौपाया र बाख्राहरु नियन्त्रण हुन नसकेको बताउँदै प्रमुख गुरुङ्गले सम्पुर्ण नगरबासीहरुले आ–आफनो गाईबस्तु र सुंगुरलाई नियन्त्रण गरे नगर पुर्ण रुपमा सरसफाई हुने विश्वास ब्यक्त गर्नुभयो । 
बसपार्कको धेरै संरचनाहरु निमार्ण हुन बाँकी रहेकोले बसपार्क संचालनमा तत्काल समस्या उत्पन्न भएको बताउदै उहाँले निकट भविष्यमा छिट्टै बसपार्क पनि संचालनमा आउँने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सो सार्वजनिक सुनुवाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तेज बहादुर कार्की, नेपाल शिक्षक युनियनका अध्यक्ष फुलेश्वर कुमार मण्डल, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, नागरिक संजालका सुखराम यादव, रक्षा बाहिनीका बिनोद कुमार यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली सहितले नगरमा पिसाब फेर्ने सार्वजनिक शौचालय नहुदाँ नगरबासीका साथै जिल्लाका विभिन्न ग्रामिण भेगबाट आएका सर्वसाधारणहरुलाई समस्या उत्पन्न भईरहेकाले त्यसका लागि नगरमा सार्वजनिक शौचालय बनाउनुपर्ने तथा नगरको समुचित विकासमा सबैलाई आ–आप्mनो ठाउँबाट अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष कुमार पाठक, हासिम अन्सारी, स्वडेकका संतोष कुमार यादव, एमाओवादीका केदार देव, सद्भावना पार्टीका अमरकान्त झा, स्थानीयबासीहरु बिरेन्द्र यादव, दिपेन्द्र यादव, संतोष कुमार मण्डल, भना लाल यादव लगायतकाहरुले नगरको समस्या बारेमा जिज्ञासा राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट