News Category 2071/08/02

आयुर्वेदिक औषधिको आकर्षण बढ्यो गत वर्ष भन्दा दोब्बर ८ हजार ५ सय बिरामीले लिए सेवा

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, १ मंसिर । 
मलेठ गाविस ३ का बिरेन्द्र मण्डललाई कब्जियत र पेट दुख्ने समस्या भएपछि निजि र सरकारी अस्पताल धाउदा धाउँदा समेत निको भएन् । पटकपटक अस्पताल जाँदा दिक्क भएपछि उहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सप्तरी राजविराज पुग्नुभएपछि त्यहाँ निःशुल्क पाइने औषधि र उपचारले उहाँ निको हुनुभयो । 
यस्तै बरही विरपुर गाविसका मुनेश्वरीदेवी यादव पनि विभिन्न पेट सम्बन्धि रोगले वर्षौदेखी पीडित थिए । उहाँ पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगि निशुल्क स्वास्थ्य उपचार र औषधी सेवन गरेपछि अहिले स्वास्थ्य हुनुहुन्छ । 
दीर्घकालीन रोग र साइड इफेक्टरहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सप्तरी राजविराजले जनाएको छ । 
बात, गठियाँ, बाबासिर, दम, खोकी, ग्यास्ट्रिक, जण्डिस, धातुरोग, गर्भवती महिलाको विभिन्न समस्या लगायत सम्पूर्ण रोगहरुको निशुल्क उपचार हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो । 
अहिले स्वास्थ्य केन्द्रमा दिनहुँ जसो ३० देखी ३५ जना बिरामीहरुलाई सेवा दिइरहेको डा. यादवको भनाई छ । जिल्लाका विभिन्न गाविसबाट विशेष गरि निको नभएका पुरानो रोगहरुको उपचारका लागि बिरामी आउने गरेको उहाँको कथन छ । 
हाल सप्तरी २ वटा आयुर्वेद औषधालय धर्मपुर र मैनासह्सबाहु गाविसमा रहेको छ । सरकारले देशभरि ९१ वटा औषधालयको स्विकृति दिएको मध्ये सप्तरीको प्रसवनी, बथनाहा, हनुमाननगर, बरही विरपुर र कमलपुर गाविसमा स्विकृति दिएको डा. यादवले जानकारी दिनुभयो । 
आर्थिक वर्ष २०६९÷७० मा ४ हजार बिरामीले सेवा लिएका थिए भने आर्थिक वर्ष ०७०÷०७१ मा दोब्बर भन्दा बढी ८ हजार ५ सय हजार बिमारीले विभिन्न किसिमका सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ । आयुर्वेदमा दम, बाथ, पिनास, पत्थरी, महिलाको समस्या, पाइल्स, जन्डिस, चर्म रोगका बिमारी धेरै आउने गरेको डा. यादव बताउनुुहुन्छ । 
औषधालयले विशेष रूपमा स्तनपायी आमालाई स्तनवद्र्धक औषधि, ज्येष्ठ नागरिकलाई रसायन योग औषधि, गाउँघर क्लिनिक, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, आयुर्वेद स्वयम्सेविका परिचालन, समयसमयमा निःशुल्क शिविर समेत सञ्चालन गरेको छ ।  
जिल्लाका ५५ वटा स्थानमा आयुर्वेदिक औषधी सम्बन्धि घरदौलो कार्यक्रम गरेपछि अहिले गत वर्ष भन्दा दोब्बर बिरामीहरुले सेवा लिएको डा. यादवले दाबी गर्नुभयो । 
दुई वर्षअघि सम्म सप्तरीमा गन्तीका आयुर्वेदिक औषधि पसल दुई÷चारवटा थिए भने अहिले कबिर दुई दर्जन बढी पसल खुलेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट