News Category 2071/08/06

वनका ६ कर्मचारीद्वारा राजीनामा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ मंसिर । 
सप्तरी जिल्ला वन कार्यालयका ६ जना कर्मचारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । 
जिल्ला वन कार्यालय सप्तरीका प्रमुख नन्दलालराय यादवले राजीनामा दिएका ६ जनै कर्मचारीको आफूले स्वीकृत गरेको जानकारी दिनुभएको छ । प्रमुख यादवका अनुसार राजीनामा दिने अधिकांशले घरायसी तथा स्वास्थ्य समस्या देखाएर राजीनामा दिएको बताउनुभयो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा वन विभागले वन विभागअन्तर्गत कर्मचारीको शैक्षिक योग्यता छानबिन सुरु गरेपछि एक फरेष्टर र पाँचजना वन रक्षक जमदार सहित ६ जना वन कर्मचारीले आफ्नो पदबाट राजीनामा दिएका हुन् । 
नक्कली शैक्षिक योग्यता पेस गरी बढुवा भएकाहरूको शैक्षिक योग्यता माग भएपछि राजीनामा दिइएको आशङ्का गरिएको छ । 
यसैबीच नेपाल सरकारले वन नीति निर्माण गर्न लागेको सम्बन्धमा जिल्ला सप्तरी वन क्षेत्र संवद्र्धन समितिले आवश्यक छलफलसमेत गरेको प्रमुख यादवले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट