News Category 2071/08/06

नेपाल सदभावना पार्टीद्वारा धर्ना र चक्काजाम

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ मंसिर । 
संविधान सभाबाट जारी हुने संविधानमा मधेशको आप्mनो संसद सहितको समग्र मधेश एक प्रदेशको घोषणा हुनुपर्ने लगायतका विभिन्न माँगहरु अघि सार्दै आन्दोलनरत नेपाल सद्भावना पार्टी सप्तरीले शुक्रबार धर्ना र चक्काजाम गरेको छ । 
संविधान सभामा मधेशी र महिलालाई लक्षित गरी प्रस्तावित गरिएको विभेदकारी र प्रतिगमनकारी नागरिकता कानुनको प्रस्ताव खारिज गर्नुपर्ने, मधेशको गाँउ घरबाट सशस्त्र प्रहरी बलको कैम्पहरु तत्काल हटाउनुपर्ने लगायतका माँगहरु अघि सार्दै नेपाल सद्भावना पार्टीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार दिउँसो १२ बजे देखि १ बजेसम्म धर्ना दिएको पार्टीका जिल्ला अध्यक्ष सिब्बु यादवले जानकारी दिनुभयो । 
त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताहरुले राजविराजस्थित रुपनी रोडमा आधा घण्टा सम्म यायायात अवरुद्ध समेत गरेका थिए । दिउँसो १ बजेदेखि २ बजे सम्म चक्काजामको कार्यक्रम राखिएपनि प्रहरीले आधा घण्टा पछि नै चक्काजाम खुलाएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट