News Category 2070/03/23

पत्रिका वर्गीकरणप्रति मधेशी पत्रकारको आपत्ति

दैनिक समाचारदाता

राजविराज÷मधेशी पत्रकार समाज नेपालले प्रेस काउन्सिलले हालै गरेको पत्र–पत्रिका वर्गीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उसले मधेशका पत्र–पत्रिकाहरुलाई घटुवा गर्दै वर्गीकरणबाटै हटाएकोलाई विभेदपूर्ण भनेको छ ।
विभिन्न समस्या झेल्दै मधेशवाट प्रकाशित हुने पत्रिकासँग प्रेस काउन्सिलले वर्गिकरणका परिणाममा भेदभाव गरेको जनाउँदै समाजका केन्द्रिय सचिव संजीवबिक्रम शाहले प्रेस बिज्ञप्ती मार्फत त्यसको भत्र्सना गरेको छ ।
‘मधेशवाट प्रकाशन हुने अधिकांस पत्रिकालाई वर्गिकरणवाट घटुवा गरेका छन् भने वर्गिकरणमा रहेको पत्रिकालाइृ हटाईएको छ’ शाहले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘‘मधेशवाट प्रकाशित हुने पत्रिकामाथि पे्रस काउन्सिलले गरेको विभेदप्रति समाजले घोर आपति जनाउदै पत्रिकामाथि गरिएको विभेदलाई समयभित्रै सच्याउन र पुनः वर्गिकरण गर्न माग गर्दछ ।’’
समयभित्रै पुनः वर्गिकरण नभए संघर्षमा जाने चेतावनी बिज्ञप्तीमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट