News Category 2071/08/11

७ देखी १० प्रदेश हुनुपर्ने ः एमाओवादी नेतृ यमी

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १० मंसिर । 
एनेकपा माओवादीका केन्द्रिय सदस्य एवं महिला नेतृ हिसिला यमीले माघ ८ मै संविधान आउने बताउनुभएको छ । 
जिल्ला स्तरिय कार्यकर्तालाई प्रशिक्षण दिन सप्तरी आएकी माओवादी नेतृ यमीले बुधवार पत्रकार सम्मेलनमा माओवादी जिम्मेवार पार्टी भएकाले माघ ८ मै सहमतीय संबिधान ल्याउन लचक्ता अपनाई रहेको बताउनुभएको छ । 
उहाँले संघियताबारे बिज्ञहरुले प्रस्तुत गरेको १० प्रदेशको अबधारणा नै सर्बोत्तम भएको जिकिर गर्नुहुँदै ७ देखी १० प्रदेशसम्म बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 
पत्रकार सम्मेलनमा यमीले संबिधान निर्माणको प्रकृया बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको अभिब्यक्तिलाई कुनै पनि किसिमले हस्तक्षेप भन्नु नमिल्ने बताईन् । सहमतीय वा बहमतिय प्रकृयाबाट संबिधान निर्माण गर्ने बारे बहस भईहदा भारतीय प्रधानमन्त्री मोदीले संबिधान सहमतिय प्रणालीबाट बन्नु पर्ने अन्यथा नेपालले संकट भोग्नु पर्ने बताउनु भएको थियो । 
यता मोदीको बिवादीत अभिब्यक्तिलाई एमाओवादीका उपाध्यक्ष नरायणकाजी श्रेष्ठ प्रकाशले नेपालको आन्तरिक मामलामा ठाढो हस्तक्षेप भन्नुभएको थियो । तर, एमाओवादी केन्द्रिय सदस्य यमीले आफ्नै पाटीका नेता प्रकाशको भनाईको आलोचना गर्दै मोदीले सोहि समयमा नेपाली नेताहरुलाई ठिक सल्लाह दिएको बताईन् । 
बिज्ञहरुको प्रतिवेदन अनुसार १० प्रदेशको खाकालाई टेकेर सहमति नखोजिए र काग्रेस एमालेले बहुमतको आडमा संबिधान ल्याउन खोजिए मुलुकमा पुनः आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट